Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
  • अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किर्गिजस्तान आइपुगेका छन्  । गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो । 

    images
    images
    images

    युक्रेनी बालबालिकालाई देश निकाला गरेको अभियोगमा अदालतले पुटिनको खोजी गरिरहेको छ । आइसीसीका सदस्य राष्ट्रहरूमा राष्ट्रपति पुटिनले पाइला राखेको अवस्थामा ती देश उनलाई गिराफ्तार गर्न बाध्य हुनेछन् । यद्यपि किर्गिजस्तानले आइसीसीको सदस्यता लिएको छैन । 

    रुसी समाचार समितिहरू तास, इन्टरफ्याक्स र रिया नोभोस्तीले बिहीबार बिहान पुटिन किर्गिजस्तान आइपुगेको बताएका छन् ।

    स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डलको एक शिखर सम्मेलनमा भाग लिने सिलसिलामा राष्ट्रपति पुटिनले आफ्ना बेलारुसी सहयोगी अलेक्जेन्डर लुकासेन्को र अन्य क्षेत्रीय नेताहरूसँगै आफ्ना किर्गिज समकक्षी सादिर जापारोभसँग भेट गर्ने कार्यक्रम छ । 

    सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उनले सायदै रुस छाडेका छन्। गत डिसेम्बरमा बेलारुस र किर्गिजस्तानको आफ्नो अन्तिम विदेश भ्रमणसँगै यसै वर्ष राष्ट्रपति पुटिनले रुसले युक्रेनको कब्जा गरेको भागमा भ्रमण गरेका थिए । 

    अब उनले उत्तर कोरियाका साथै चीनको भ्रमण गर्ने योजना बनाइरहेका छन् । मस्कोले पुटिनलाई विदेशमा पक्राउ गर्ने सम्भावनालाई युद्धसँग तुलना गर्दै पक्राउ पुर्जीलाई ‘गैरकानूनी’ को संज्ञा दिएको छ । 

    यद्यपि व्यवहारतः रुसले यसमा सावधानी अपनाएको छ । अगस्ट महिनामा आइसीसी सदस्य मुलुक दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसले पुटिनको सट्टा विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाएको थियो । 

    युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि पुटिनलाई पश्चिमी दुनियाँमा अवान्छित व्यक्ति बनाइदिएको छ । आइसीसीको उक्त निर्णयले पुटिनलाई संसारको ढोकाको ठूलो हिस्सा बन्द गरिदिएको छ । 

    रोम विधानलाई एक सय २३ मुलुकले अनुमोदन गरेका छन् । उक्त विधानलाई आइसीसीका सदस्यहरूले पालना गर्न आवश्यक छ ।

    ब्रिक्स सम्मेलनको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले सम्मेलनमा भाग लिन पुटिनलाई निम्तो दिएपछि आइसीसीको सदस्यका हिसाबले उसलाई कानूनी टाउको दुखाइको विषय बनेको थियो । यद्यपि अन्तिम क्षणमा मस्कोले पुटिनको बदलामा विदेशमन्त्रीलाई पठाएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट