Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २५ २०८०
  • भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

    काठमाडौँ । भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेशनमा बुधबार राति दुर्घटना भएको हो । 

    images
    images
    images

    स्थानीय सञ्चार माध्यामहरूले अधिकारीहरुलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन् । दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

    रेल दुर्घटनाले भएको अपूरणीय क्षतिप्रति समवेदना प्रकट गर्दै सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइने बताए । उनका अनुसार दुर्घटनाको भारतीय अनुसन्धान एजेन्सी कन्द्रीय अनसुन्धान ब्युरोले जाँच समेत गरिहेको छ । 

    यसै वर्षको जुनमा भारतको उडिसामा इतिहासकै ठूलो रेल दुर्घटना हुँदा दुई सय ९५ यात्रुको मृत्यु भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट