Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

राहीको ‘फ्वाँ बागा रे’ तोडमोड गरेर ‘बैतडीमा बाग आयो’

राहीको ‘फ्वाँ बागा रे’ तोडमोड गरेर ‘बैतडीमा बाग आयो’

एभरेष्ट हेडलाइन्स
शनिबार, असार १८ २०७९
एभरेष्ट हेडलाइन्स
शनिबार, असार १८ २०७९
  • राहीको ‘फ्वाँ बागा रे’ तोडमोड गरेर ‘बैतडीमा बाग आयो’

    काठमाडौं । पछिल्लो समय टिकटकमा बजार पाउने डोट्याली भाषाको गीत हो, ‘बैतडीमा बाघ आयो, हाँउ बाघ रे’ । बैतडीका भरत भट्टले भारत उत्तराखण्डको गड्वाली गीतलाई डोट्यालीमा उतारेका हुन् । उनले डोट्याली उतारे पनि गड्वालीमा भन्न खोजिएका धेरै कुरा मिलेका छैनन् । बोल र लय उस्तै भए पनि शब्द र भाव तोडमोड भएको छ । कोसेली इन्टटेन्मेन्ट युट्यब च्यानलमार्फत गीत सार्वजनिक गरेका भरतले म्युजिक भिडिओ समेत बनाएका छन् ।

    images
    images
    images

    तर, उनले यसका गडवाली संकलक एवं श्रष्टा चन्द्र सिंह राहीको नाम लिरिक्समा मात्रै राखेका छन् । उनले आफुले अनुमति नै लिएर गाएको भनेका छन् । तर, न भिडियोको सुरुवात वा पछि राहीको एउटा फोटो राखेका छन्, न डिस्क्रिप्सनमा नाम । बरु, भिडियोको सुरुवातमा स्वर्गीय माता भनेर मोती विष्टको फोटो र नाम राखिएको छ । चन्द्र सिंह राहीको गीतलाई गडवाली गायक पप्पु कार्कीले परिस्कृत गरेर गाए पनि मर्म मारेका थिएनन् ।

    तर, बैतडीमा बाग आयोले ओरिजिनल गीतको मर्म मारिदिएको छ । नेपालमा गीतको मर्म र ओझ भन्दा पनि ट्यून भए पुग्ने, त्यसैलाई भाइरल भन्ने चलन छ । यो संकलक तथा मूल श्रष्टाकाको अपमान हो । ओरिजिनल गीत आफैंमा जीवन्त छ । नयाँ भर्सन आउनु र विभिन्न भाषामा स्वरवद्ध हुनु नराम्रो होइन । पूरानो गीतलाई नयाँ पुस्तामाझ चिनाउनु आफैंमा राम्रो हो । तर, त्यसको मुटु नै झिकेर फाल्दिनु हुँदैन । जुन काम बैतडीमा बाग आयोले गरेको छ । श्रष्टाले कसैको बौद्धिक सम्पत्तिको प्रतिलिपि अधिकार लिंदा मर्म मार्ने भन्ने हुँदैन । प्रतिलिपि भनेको जस्ताको त्यस्तै नक्कल हो, तोडमोड होइन । 

    ओरिजिनल फ्वाँ बागा रे

    आजीवन संगीत त्यो पनि गडवाली लोक गीत जोगेर्नामा लागेका चन्द्र सिंह राहीले संकलन गरेको गीत हो, फ्वाँ वागा रे । कुरदार रेल्वेस्टेशनमा एक जना सुरदार (जोगी)ले सुनाएको कथालाई राहीले गीतमा उतारेका थिए ।

    ति सुरदारले गड्वालमा बाघ आएको र मान्छेहरु त्राहीमाम भएको कथा सुनाएका थिए । त्यसैलाई राहीले गीत बनाएका हुन् । लोक गीत वा संगीत त्यो हुन्थ्यो जो लोक वा नागरिकबाटै संकलन हुन्थ्यो । पहिले यथार्थमा गीत बन्थ्यो भने अहिले कल्पनिकता हाबी छ । 

    को हुन् राही ? 

    १९४२ मार्च २८ मा राहीको उत्तरखण्ड पौडी जनपदको पट्टी माडडस्यूँ गाउँ गिवालीमा जन्म भएको हो । उनका पिता हुन्, दिलबर सिंह नेगी र माता सुन्दरा देवी । उनी नेगी हुन् । तर, पनि राही भए । उनी सामान्य घडियाल परिवारका व्यक्ति हुन् अर्थात् उनी नचाउने परिवारका व्यक्ति हुन् । प्रारम्भिक शिक्षा परिवारकै साथमा पाएका चन्द्र सिंहले गुरु बच्चन सिंहबाट शास्त्रीय संगीतको शिक्षा लिए । उनले दिवंगत हुनुअघिसम्म पनि सकाई जारी राखेका थिए । उनीए एक संगीत साधक मात्रै होइनन्, कवि पनि हुन् । 

    नेगीबाट राही 

    चन्द्र सिंह राहीको पारिवारिक नाम चन्द्र सिंह नेगी हो । नेगीबाट राही बन्नुमा एउटा किस्सा छ । प्रसिद्ध गढवाली कवि दिवंगत कनैयादाद डंडरियाल जो नेगीका पथ प्रदर्शक र साथी थिए । हाँसो मजाक गर्दा उनका साथी डंडियालले भने, ‘सँधै तिमी पैदल हिँड्छौ, ४० देखि ५० किलोमिटरसम्म । तिम्रो नाम त राही राख्नु पर्ने ।’ उनले कुनै मनमा तुस नलिई स्वीकारे । हुँदै जाँदा पारिवारिक नाम नेगीको ठाउँमा राहीकै नामले चिनायो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट