images

May 17 2024 | २०८१, जेठ ४ गते

बिश्वको १०६ बरियताक्रममा नेपाली पासपोर्ट १०० नम्बरमा, कसको कारण यति कमजोर पासपोर्ट ?

बिश्वको १०६ बरियताक्रममा नेपाली पासपोर्ट १०० नम्बरमा, कसको कारण यति कमजोर पासपोर्ट ?

एभरेष्ट हेडलाइन्स
शनिबार, असोज २७ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, असोज २७ २०८०
  • बिश्वको १०६ बरियताक्रममा नेपाली पासपोर्ट १०० नम्बरमा, कसको कारण यति कमजोर पासपोर्ट ?

    काठमाडौँ । विश्वका १०० वटा देशले आफ्नो नागरिक बिदेशिदा अनिवार्य चाहिने परिचय दस्तावेज जसलाई हामी पासपोर्ट भन्दछौँ । आज विश्वको मानिसहरु एक देशबाट अर्को देश जानको लागि यहि दस्तावेज वा कितावमा प्रवेश अनुमति अर्थात् भिसा प्रिन्ट गरिएको दस्ताबेज बोकेर हिड्छन् ।

    images
    images

    जसको माध्यमबाट प्रवेश दिने र प्रवेश गरिने राष्ट्र दुबैले आ-आफ्नो देशको अध्ययागमन बिभागमा पासपोर्ट बोकेका भिसा बाहक व्यक्तिलाई आउनेजाने अनुमति दिन्छन। 

    र यसै प्रक्रियामा यदि कसैले गलत परिचय पासपोर्टमा लेखेको रहेछ वा कुनै व्यक्तिले गलत नियतले परिचय बिगारेको रहेछ भने सम्बंधित देशको कानुन आकर्षित हुन्छ। विश्वको ८ अर्व ६ करोड माथिको जनसंख्या यहि गोलो संसारमा छन्। यिनै मध्ये डेढ अर्व भन्दा धेरै त हरेकदिन आकासमा उडछन्। जुन कुल जनसंख्याको १८.७५% हुन आउछ । कोरोना संक्रमणकालमा यो फिगर धेरै थोरै अर्थात् झन्डै ५० करोड मानिसहरु एकअर्को  देशमा आउजाउ गरेका थिए।  

     विश्व जोड्ने दस्ताबेज यहि पासपोर्टलाइ कसरी बलियो वा विस्वासिलो भनेर मापन गर्ने चलन छ त ? हाम्रो पासपोर्ट कति विस्वासिलो छ त ?

    विश्वका १०६ वटा देशको बरियतामा भनेर हेरौँ।  जसको आधारमा नेपाली पासपोर्ट बाहकलाई यात्रा गर्ने वा प्रवेश गर्ने देशले सजिलो संग भिसा दिन्छन।  यो बिषयमा अध्ययन तथा रिसर्च गर्ने एउटा संस्था छ हेनली एन्ड पार्टनर्स छ।  जसले गरेको अध्ययनमा सन् २०२३ को लागि विश्वका १०६ वटा देश मध्ये  हाम्रो नेपालको ग्लोबल र्याकिङ्ग पछाडिबाट १०० नम्बरमा छ। 

    हाम्रो भन्दा कमजोर बरियतामा जम्मा ६ वटा देशहरु छन।  १०६ नम्बरमा अफगानस्तान जहाँका नागरिक विश्वका २७ रास्ट्रमा अनअराइभल भिसामा जान सक्छन।  १०५ नम्बरमा सिरिया छ उनीहरु २८ देशमा अनअराइभल भिसामा जान सक्छन। कमजोर पासपोर्ट भएको १०४ नम्बरमा भएको अर्को देश द्वन्दले थलिएको देश इराक हो उनीहरु ३० वटा  देशमा अनअराइभल भिसामा जान सक्छन।

    यसैगरी कमजोर र खराब अर्थतन्त्रका कारण  १०३ नम्बरमा भएको अर्को देश हो हाम्रो नजिकैको देश पाकिस्तान, पाकिस्तानीहरुलाई पनि जम्मा ३३ वटा देशले अनअराइभल भिसा दिन्छन।  १०१ मा यमन र १०२ मा सोमालिया छन् त्यहाँका पासपोर्ट होल्डर पनि क्रमसस् ३४ र ३५ वटा देशमा मात्र अनअराइभल भिसामा जान सक्छन। 

    हेनली एन्ड पार्टनर्सका अनुसार १०० नम्बर संयोग हो कि कमजोर बरियताक्रम प्यालेस्टाइन र नेपाल एकै नम्बरमा छन्।  यी दुवै देशका नागरिकले ३९ वटा देशमा अनअराइभल भिसामा प्रबेश पाउछन विश्व ग्लोबल र्याँकिंग हेर्दा प्रबेश पाउने देशको संख्या यो ज्यादैनै न्यून हो।  नेपाल भन्दा माथि ९९ नम्बरकैग्लोबल र्याकिङ्ग   छिमेकी देश बंगलादेश देखि उत्तर कोरिया सहित कोसोभो, लिबिया लगायतका छन यी देशका नागरिकलाई पनि जम्मा ४० देशले अनअराइभल भिसा दिन्छन। 

    कति कमजोर पासपोर्ट रेटिंग भएका देशको मात्र कुरा गर्नु उही आफ्नो देश पछाडिबाट छैठौ नम्बरमा रैछ र मात्रै चिन्ता लागेको हो।  के गर्नु देशका शासकलाई चिन्ता लाग्दैन उही जनतालाई मात्रै हो। अब कुरा गरौ ग्लोबल रेटिंगमा टप १० पासपोर्ट कुन कुन देशको छ त ?

    नम्बर -१ मा छ सिंगापुर यो पासपोर्ट बोक्नेहरु विश्वका १९२ देशमा अनअराइभल भिसामा प्रबेश पाउछन। नम्बर -२ मा पर्छ जापान, जापानीहरु विश्वका १९१ देशमा अनअराइभल भिसामा प्रबेश पाउछन। ग्लोबल र्याकिङ्ग को नम्बर -३ मा क्रमशस् फिनल्याण्ड,फ्रान्स, जर्मनी, इटाली,साउथ कोरिया,स्पेन र स्विडेन छन् यहाका नागरिक १९० देशमा अनअराइभल भिसामा प्रबेश पाउछन।

    नम्बर -४ को ग्लोबल र्याँकिंगमा रहेका देशहरु हुन् - अस्ट्रिया,डेनमार्क, आयरल्याण्ड, लगजेम्बर्ग र युनाइटेड किङ्गडम छन् यो देशका पासपोर्ट होल्डरले १८९ देशमा अनअराइभल भिसामा प्रबेश पाउछन।

    यसैगरी नम्बर -५ को गोल्बल  र्याकिङ्ग मा रहेका देशहरु हुन् बेल्जियम, माल्टा, नर्बे र पोर्चुगल छन् , यो देशका नागरिक १८८ देशमा अनअराइभल भिसामा जान सक्छन। नम्बर -६ मा अस्ट्रेलिया, न्युजिल्यान्ड र स्वीजरल्याण्ड छन यो देशका नागरिक १८७ देशमा अनअराइभल भिसामा जान सक्छन।  

    सातौँ नम्बरमा बलियो पासपोर्ट भएका देशहरुमा चेक रिपब्लिक,क्यानाडा ग्रिस,पोल्याण्ड र संयुक्त राज्य अमेरिका छन्। यी देशका नागरिक पनि १८६ वटा देशमा अनअराइभल भिसाका हकदार भएका छन।  

    आठौँ नम्बरको बलियो पासपोर्ट होल्ड गर्ने देशमा हंगेरी पर्दछ भने नबौ नम्बरमा लिथुआनिया पर्दछ यी देशका नागरिकलाई पनि १८५ र १८४ देशले अनअराइभल भिसा दिन्छन।  

    अव १० औ नम्बरमा भएका देशहरु बारे पनि जानौ -यी देशहरु हुन् -इस्टोनिया, लाटभिया,स्लोभाकिया, स्लोभानिया यी देशको पासपोर्ट होल्डरलाइ पनि १८३ देशमा अनअराइभल भिसा मिल्छ। 

    अगाडि र पछाडिको देशहरुको पासपोर्ट रेटिंग बुझे पछि हामीलाई लाग्ला छिमेकी देश र चीन र भारत कति नम्बरमा छन् त ? हेन्ले एण्ड पार्टनर्सको अनुसार ग्लोबल रेटिंगमा चीन ६६ नम्बरमा छ चिनियाँहरुले ८२ वटा देशमा अनअराइभल भिसा पाउछन।   भने भारत ८६ औ नम्बरमा छ, भारतीयहरुले ५७ वटा देशमा अनअराइभल भिसा पाउछन। 

    यो हेरिसकेपछि हामीलाई लाग्ला ग्लोबल पासपोर्ट रेटिंग कसरी निकालिन्छ त? International Air Transport Authority (IATA) मार्फत भिसा पाएका नागरिकहरुको डाटाको आधारमा फरक फरक २२७ वटा ट्राभल हिस्ट्री र १९९ फरक फरक पासपोर्टलाइ बेस मानेर यो रिसर्च गर्ने गरिन्छ।  यी बाहेक अझै धेरै बुझ्न हेन्ले ग्लोबलको साइट भिजिट गर्न सकिन्छ।  


    यो इन्डेक्सलाइ हेर्दा हाम्रो देश कुन अवस्थामा रहेछ भनेर बुझ्न सिंगापुर बनाउने Lee Kuan Yew लाइनै हेरौ अनि हाम्रा भ्रस्ट शासकलाइ हेरौ देश बनाउन भाषण होइन त्याग चाहिन्छ प्रतिबद्दता चाहिन्छ अनि यो भन्दा धेरै इमान्दारिता पनि। 

    भिडियो पनि :

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार