Sep 20 2024 | २०८१, असोज ४ गते

नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, असोज २८ २०८०
  • नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

    मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । शनिबार कांग्रेसका प्रदेश सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त भएका कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गरेका छन् । 

    images
    images

    कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर मगर मन्त्री नियुक्त भएका हुन् । राई र मगर दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुन् ।

    यसअघि उद्धव थापा नेतृत्वको सरकारमा एउटै जिल्लाबाट दुई जना मन्त्री भएको जिल्ला ओखलढुंगा थियो । कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट