Sep 08 2024 | २०८१, भदौ २३ गते

गाजाको अस्पतालमा भएको हवाई आक्रमणमा पाँच सय जनाको मृत्यु 

गाजाको अस्पतालमा भएको हवाई आक्रमणमा पाँच सय जनाको मृत्यु 

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
  • गाजाको अस्पतालमा भएको हवाई आक्रमणमा पाँच सय जनाको मृत्यु 

    काठमाडौँ । गाजाको एक अस्पतालमा भएको हवाई आक्रमणमा पाँच सय जनाको मृत्यु भएको छ। गाजाको स्वास्थ्य विभागले इजरायली हवाई आक्रमणका कारण पाँच सय जनाको मृत्यु भएको दाबी गरेको छ। यद्यपि इजरायलीको डिफेन्स फोर्सको प्रवक्ताको कार्यालयले भने यसलाई सिधै अस्वीकार गरेका छन्।

    images
    images

    उनले बीबीसीसँगको टेलिफोन संवादमा भने, ‘अस्पताल एकदमै संवेदनशील भवन हो र यस्ता भवन आईडीएफको निशाना होइनन्। यद्यपि आईडीएफले विस्फोटको स्रोतबारे अनुसन्धान गरिरहेको छ।’ लगत्तै आईडीएफले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘उनीहरू(हमास) विश्वास गर्छन् कि अल अहली अस्पतालमा भएको हमला प्यालेस्टिनी आतङ्ककारीहरूले प्रहार गरेको रकेटको परिणाम हो।’

    गाजास्थित हमासको मिडिया कार्यालयले आक्रमणलाई ‘युद्ध अपराध’ भनेको छ। ‘गाजामा इजरायली आक्रमणपछि अस्पताल सयौं बिरामी, घाइते र मानिसहरूले घरबारविहीन भएका थिए। सयौं पीडितहरू भग्नावशेषमुनि दबिएका छन्,’ एक विज्ञप्तिमा भनिएको छ।

    बीबीसीका मध्यपूर्व संवाददाता टम ब्याटम्यानले अल अहली अरब अस्पतालबाट आएका तस्बिरहरू डरलाग्दो रहेको बताएका छन्। सडक बाहिर शव र क्षतिग्रस्त सवारी साधनहरू देखिन्छन् ।

    आक्रमणबाट बच्न स्थानीयहरू समेत अस्पतालको हलमा शरण लिइरहेका छन्। अस्पतालका डाक्टरले त्यहाँ चार हजार मानिसले शरण लिएको बताएका छन्।

    आक्रमणबाट अहिले अस्पतालको ८० प्रतिशत सेवा प्रभावित भएको र विष्फोटमा सयौंको ज्यान गएको तथा घाइते भएको बताए।

    प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोकको घोषणा गरेका छन्।

    उता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा गरेका छन्।

    उनले ट्वीटमा भनेका छन्, ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ। प्रारम्भिक जानकारीले सयौं मानिस घाइते र मारिएका छन्। हामी नागरिकको तत्काल सुरक्षा र स्वास्थ्य सेवामा पहुँचको माग गर्दछौं।’

    अल अहली अस्पताल एङ्गलिकन चर्चबाट वित्तीय सहयोग पाउँछ। जेरुसेलमको एङ्गलिकन चर्चका शीर्ष अधिकारीहरू मध्ये एक सेन्ट जर्ज कलेजका डीन क्यानन रिचर्ड सेवेलका अनुसार त्यहाँ करिब ६ हजार मानिसहरू थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट