images

Jun 27 2024 | २०८१, असार १३ गते

युएइले नेपाललाई जितको लागि १४१ रनको मध्यम लक्ष्य दियो

युएइले नेपाललाई जितको लागि १४१ रनको मध्यम लक्ष्य दियो

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक १ २०८०
  • युएइले नेपाललाई जितको लागि १४१ रनको मध्यम लक्ष्य दियो

    काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत् आज भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई)ले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको छ ।
     
    माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको हो । युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् । 

    images
    images

    त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए । कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे ।  नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार