Sep 28 2024 | २०८१, असोज १२ गते

हङ्कङविरुद्धको खेलमा नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने 

हङ्कङविरुद्धको खेलमा नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने 

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
  • हङ्कङविरुद्धको खेलमा नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने 

    काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको बिहीबार हुने हङ्कङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको छ । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ । जारी शृंखलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो ।

    images
    images

    यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।  जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर एक सय ४४ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

    नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान गरेका थिए । निकट भविष्यमा हुने टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार