images

Jun 27 2024 | २०८१, असार १३ गते

हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दियो

हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दियो

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २ २०८०
  • हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दियो

    काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो । 

    images
    images

    हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए । त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए । 

    कुशल मल्ल र  श्याम ढकाल (मौसम)ले समान एकरएक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार