Sep 28 2024 | २०८१, असोज १२ गते

छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम

छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
  • छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम

    धादिङ । छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम प्रथम भएको छ । धादिङस्थित ६ नं वैरेनी ब्यारेकमा ६ दशमलव ५ किलोमिटर दौड, २६ किलोमिटर साइकलिङ र ११ किलोमिटर र्‍याफ्टिङ प्रतियोगिता भएको थियो । 

    images
    images

    उक्त खेलको तीन वटा चरण (दौड, साइकलिङ र -याफ्टिङ) पार गर्दै त्रिभुवन आर्मी क्लब ए टिम विजय भएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लब बि टिम दोस्रो भएको छ । तेस्रोमा इन्डियन आर्मी ए टिम रहेको छ । त्यस्तै इन्डियन आर्मी बि टिम चौथो भएको छ भने एमटिबी स्टार पाँचौँ भएको छ । 

    महिलातर्फ नेपाल आर्मी महिला टिम पहिलो भएको छ । यूनाइटेड फिक्कल एमटिबि स्क्वार्ड दोस्रो र डुल्वा केटीस तेस्रो भएको छ । प्रतियोगितामा २१ टिमका ८४ खेलाडीको सहभागिता थियो । 

    पुरुषतर्फको प्रतियोगितामा प्रथम हुनेले रु एक लाख पचास हजार, दोस्रोले रु एक लाख, तेस्रोले रु ७५ हजार, चौथोले रु २५ हजार र पाँचौले रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फ पहिलो हुनेले रु ७५ हजार, दोस्रोले रु ५० हजार र तेस्रोले रु ३० हजार प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार