images

Jun 27 2024 | २०८१, असार १३ गते

एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक ३ २०८०
  • एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

    काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएको छ । नेपाल समूह 'ए' र जापान समूह 'डी' को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

    images
    images

    नेपाल र जापानबीचको खेल भोलि शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता बनेको थियो ।

    यस्तै जापानले समूह विजेता बन्ने क्रममा हङकङलाई डकवर्थ लुइस पद्धतिको आधारमा ५७ रन, इन्डोनेसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लुइस पद्धतिको आधारमा ६ विकेटले हराएको थियो ।

    प्रतियोगिताको दोस्रो सेमिफाइनलमा समूह 'बी' को विजेता यूएई र समूह 'सी'को विजेता सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि शनिवार नै हुनेछ ।

    एसीसी यू–१९ प्रिमियर कप प्रतियोगिताको फाइनल खेल आउँदो मङ्गलवार हुनेछ । प्रतियोगिताको शीर्ष ३ मा पुग्ने टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार