Sep 08 2024 | २०८१, भदौ २३ गते

फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने अफरको अवधि मङ्सिर ०३ सम्म थप   

फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने अफरको अवधि मङ्सिर ०३ सम्म थप   

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १३ २०८०
  • फाइबर नेट जोड्ने ग्राहकले दुई वर्षको सेवा पाउने अफरको अवधि मङ्सिर ०३ सम्म थप   

    काठमाडौँ । बडादसैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । उक्त अफर घटस्थापनाको शुभअवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकहरुका लागि ल्याएको थियो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेथिए । 

    images
    images

    जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने थिए । 

    उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको फेस्टिभ १२ महिने प्याकेजअफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ३ गते सम्मका लागि थप गरेको जनाएको छ । 

    थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट