images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

महासचिव गुटेरेसको नेपाल भ्रमण : पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण

महासचिव गुटेरेसको नेपाल भ्रमण : पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक १४ २०८०
  • महासचिव गुटेरेसको नेपाल भ्रमण : पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन्। 

    images
    images
    images

    आइतबार यहाँ आइपुगेका गुटेरेसले काठमाडौँमा राजनीतिक दलका शीर्षस्थ नेतालगायतसँगको भेटपछि सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पुगे । उनले आजै अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर पुगे भने त्यहाँबाट आजै लुम्बिनी पुगेका हुन् । 

    सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा पोखरा र लुम्बिनी नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् । पोखरा आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य मानिन्छ भने सगरमाथा र अन्नपूर्ण क्षेत्र पर्वतारोहण र पदयात्राका लागि विश्वभर चर्चित छन् । साथै लुम्बिनी धार्मिक पर्यटनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । 

    Untitled-1 copy.jpg

    संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा यी महत्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्नु र पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यानाकर्षण गराउनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव ‘कहाँ जानुहुन्छ ?’ भन्ने विषय संसारभरका सञ्चारमाध्यमका लागि ‘बिग न्युज’ हुन्छ । त्यसैले महासचिव गुटेरेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी हुने पर्यटन व्यवसायीको विश्वास छ । 

    विसं २०७९ को बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणयता लुम्बिनीमा भारतीय पर्यटकको सङ्ख्या बढेको छ । त्यसैगरी, २०७५ सालमा भारतीय प्रधानमन्त्रीका रुपमा मोदीको जनकपुर र मुक्तिनाथको दर्शनले पनि ती क्षेत्रमा भारतीय पर्यटक बढेका थिए । विश्वका प्रभावशाली व्यक्तिहरुको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको पाइन्छ । 

    Untitled-1 copy.jpg

    कोराना महामारीलगायत कारण शिथिल बनेको मुलुकको पर्यटन यतिबेला  कोरोना महामारी अघिको अवस्थामा फर्कने क्रममा छ । सम्भवतः नेपालमा विदेशी पर्यटक आगमन सन् २०२३ को अन्त्यसम्ममा कोरोना महामारी सुरु हुनुअघिको अवस्थामा आइपुग्छ । कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा नेपालमा करिब १२ लाख विदेशी पर्यटक आएका थिए भने सन् २०२३ को आठ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल आइपुगेका छन् । 

    यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा साबित हुने पर्यटन व्यवसायीको बुझाइ छ । उनको नेपाल भ्रमणले विश्वका अन्य पर्यटकलाई नेपाल आउने वातावरण बन्नेमा व्यवसायी ढुक्क देखिन्छन् । 

    होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह महासचिव गुटेरेसको नेपाल भ्रमणले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । “संयुक्त राष्ट्रसङ्घका महासचिव कहाँ जानुहुन्छ, के गर्नुहुन्छ र के बोल्नुहुन्छ भन्ने विषय संसारका मिडियाका लागि चासो हुन्छ र बिग न्युज बन्छ”, उनले भने, “विश्व प्रसिद्ध सर्वोच्च शिखर सगरमाथालगायतका पर्यटकीय गन्तव्यको भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुन्छ, जसले नेपालप्रति विश्व समुदायको चासो बढ्छ ।” महासचिव गुटेरेसको भ्रमण राजनीतिक र आर्थिक रूपमा मात्रै नभई पर्यटन प्रवर्द्धनका दृष्टिले समेत महत्वपूर्ण हुनेमा उनको विश्वास छ ।

    Untitled-1 copy.jpg

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पूर्ववत् लयमा फर्कन लागेको नेपालको पर्यटन क्षेत्र महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा थप चलायमान हुनेमा विश्वास व्यक्त गरे । उनले भने, “महासचिव गुटेरेसको सगरमाथा, अन्नपूर्ण, लुम्बिनी, पोखरा र पाटन दरबार क्षेत्रलगायतका गन्तव्यको भ्रमणले नेपालको पर्यटनको विश्वभर प्रवर्द्धन भएको छ । महासचिवले गर्ने ‘ट्राभल’ संसारभरका सञ्चारमाध्यममा समाचार बन्छ, त्यसैले उनको यस भ्रमणबाट ठूलो प्रचारप्रसार भएको छ ।”

    महासचिव गुटेरेसको खुम्बु क्षेत्रको भ्रमणले जलवायु परिवर्तनका कारण वातावरणमा परेको प्रभाव न्यूनीकरण गर्दै दिगो पर्यटन विकासमा यसले विश्वव्यापी रुपमा बहस हुने निर्देशक लामिछानेको भनाइ छ । गुटेरेसले खुम्बु क्षेत्रको भ्रमणका साथै ‘एभरेष्ट भ्यू’ होटलमा ‘लञ्च’ गर्नुले विश्वभरका ‘हाई इन्ड टुरिस्ट’लाई आकर्षण गर्ने पर्यटन बोर्डको विश्वास छ । 

    Untitled-1 copy.jpg

    छोटो समयमा संसारका अग्ला र उत्कृष्ट हिमाल पनि भ्रमण गर्न सकिने रहेछ भन्ने सन्देश पनि प्रवाह हुने भएकाले नेपालको पर्यटनका लागि महासचिव गुटेरेसको भ्रमण ऐतिहासिक उपलब्धि हुने निर्देशक लामिछानेको बुझाइ छ । 

    जलवायु परिवर्तन र दिगो पर्यटन विकासको विषय विश्वव्यापी रुपमा उठिरहेको सन्दर्भमा महासचिव गुटेरेसको भ्रमणबाट विश्वको ध्यानाकर्षण भएको हानका अध्यक्ष शाहको बुझाइ छ । “नेपालको कूटनीतिक सम्बन्ध, संयुक्त राष्ट्रसङ्घको सदस्यको हिसाबले नेपालले गरेको प्रतिबद्धता त छँदैछ तर, यसले पर्यटन क्षेत्रलाई पनि नयाँ उचाइमा पुर्‍याउँछ । पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।”

    Untitled-1 copy.jpg

    नेपालमा यतिबेला मुख्य पर्यटकीय याम चलिरहेको छ । दसैँ सकिएर, तिहार र छठ पर्वको माहोल छ । पदयात्रा र पर्वतारोहणका लागि विभिन्न मुलुकबाट उल्लेख्य सङ्ख्यामा पर्यटक आइरहेका छन् । आन्तरिक पर्यटन पनि चलायमान भएको छ । 

    महासचिव गुटेरेसको भ्रमणले पर्यटक बढाउन मद्दत पुग्नेमा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले विश्वास व्यक्त गरे । साहसिक पर्यटनको आकर्षक गन्तव्यसमेत रहेको नेपालको पर्वतीय पर्यटन, धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा गुटेरेसको भ्रमणले विशेष अर्थ राख्ने उनले बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार