Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

विभागले गर्‍यो उपत्यकाका पसललाई एकैदिनमा २ लाख ८५ हजार जरिवाना 

विभागले गर्‍यो उपत्यकाका पसललाई एकैदिनमा २ लाख ८५ हजार जरिवाना 

एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २२ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, कात्तिक २२ २०८०
  • विभागले गर्‍यो उपत्यकाका पसललाई एकैदिनमा २ लाख ८५ हजार जरिवाना 

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने व्यापारीक फर्मलाई २ लाख ८५ हजार रुपैयाँ बराबरको कारबाही गरेको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमनका क्रममा विशेष टोली बजारमा खटाइरहेको छ । यही क्रममा हिजो मंगलबार एकै दिन ८ वटा फर्मलाई कारबाही गरेको हो ।

    images
    images
    images

    त्यसक्रममा विभागले ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना गराइएको छ । सबैभन्दा धेरै नगद जरिवाना कलंकीको मदिरा पसललाई २ लाख रुपैयाँ तिराइएको विभागले जनाएको छ । यसबाहेक, काठमाडौंको इलेक्ट्रिक पसललाई २० हजार रुपैयाँ, पेप्सीकोलाको भाडाँकुडा पसललाई ५ हजार रुपैयाँ र काठमाडौँकै भाडाँडाकुँडा पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए ।

    यसैगरी, काठमाडौँकै थप दुई भाडाँकुँडा पसलेलाई समान १०/१० हजार रुपैयाँ जरिवाना तिराउँदा विभागले गोकर्णेश्वरको दुई इलेक्ट्रिकल पसललाई २० हजार र १० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट