images

Jun 18 2024 | २०८१, असार ४ गते

महिला टी–२० सिरिज: जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

महिला टी–२० सिरिज: जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

एभरेष्ट हेडलाइन्स
शनिबार, मंसिर २ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, मंसिर २ २०८०
  • महिला टी–२० सिरिज: जापानविरुद्धको खेलमा नेपाल ब्याटिङ गर्दै

    काठमाडौँ । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले अहिले समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ । यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । 

    images
    images

    नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।  

    महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट