images

Jul 27 2024 | २०८१, साउन १२ गते

पोखरामा अन्तर्राष्ट्रिय  पर्वतीय ‘क्रसकन्ट्री’ दौड

पोखरामा अन्तर्राष्ट्रिय  पर्वतीय ‘क्रसकन्ट्री’ दौड

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर ३ २०८०
  • पोखरामा अन्तर्राष्ट्रिय  पर्वतीय ‘क्रसकन्ट्री’ दौड

    कास्की । पोखरामा नेपाल—चीन अन्तर्राष्ट्रिय पर्वतीय ‘क्रसकन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ । ‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल नाराका साथ यही मङ्सिर ९ गते हुने प्रतियोगितामा सामूहिक विधामा नेपाल र  चीनका १०/१० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा छ सय खेलाडी सहभागी हुने जनाइएको छ । 

    images

    पोखराको पर्यटन प्रबद्र्धन गर्दै खेलकुद सहरका रुपमा स्थापित गर्न गर्ने उद्देश्यले नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा  प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएशन र होटल एशोसिएशन पोखराले छन् । प्रतियोगितामा सहभागी हुन चीनको यूनान प्रान्तबाट ७८ खेलाडी र अफिसियल गरेर एक सय चार जना चार्टड विमानमार्फत यही मङ्सिर ७ गते पोखरा आउने जनाइएको छ । 

    यसैगरी प्रतियोगितालाई सघाउन चिनियाँ स्वास्थ्यकर्मी र  प्राविधिक आउनेछन् । प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार विधामा प्रतिस्पर्धा हुनेछ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् । दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेताको छिनोफानो हुने संयोजक पालिखेले बताए । सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् ।

    द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्रप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने आयोकजले जनाएको छ । 

    यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला पुरुषले जनही रु एक  लाख ४४ हजार पुरस्कार पाउनेछन् । उपविजेताले रु एक  लाख आठ  हजार, तृतीयले रु ५४ हजार र चैेथो देखि सातौँसम्मको रु १८ हजार र दसौँसम्मका धावकले रु नौ हजार पुरस्कार पाउनेछन् । लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसे खोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचिबोट हुँदै बाराहीघाटमै आएर विजेताको टुङ्गो लाग्ने बताइन्छ ।

    यसैगरी पाँच  किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताको विजेता छात्रछात्रालाई जनही रु २५ हजार पाउनेछन् । द्वितीयले रु २० हजार, तृर्तीयाले रु १५ हजार, सान्त्वनाले रु  १० हजार र पाँचौँले रु पाँच हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक पालिखेले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार