images

Oct 23 2024 | २०८१, कात्तिक ७ गते

दिक्तेल रुपाकोट मझुवागढीद्वारा पाठेघर खसेका महिलाको निः शुल्क उपचार

दिक्तेल रुपाकोट मझुवागढीद्वारा पाठेघर खसेका महिलाको निः शुल्क उपचार

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर ३ २०८०
  • दिक्तेल रुपाकोट मझुवागढीद्वारा पाठेघर खसेका महिलाको निः शुल्क उपचार

    खोटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ (पाठेघर) खस्ने को समस्या भएका महिलालाई अप्रेशन (शल्यक्रिया)का लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पु-याएको छ ।

    images
    images
    images

    नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको परीक्षणका क्रममा पहिचान भएका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको हो । 

    नगर प्रमुख तीर्थराज भट्टराईले अस्पताल आवत जावत, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउनेगरी उनीहरुलाई उपचारमा लगिएको बताए । “पाठेघर खसेर तेस्रो र चौथो चरण पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको छ ।

    केही बिरामीलाई नगरपालिकाकै गाडीमा अस्पताल लगिएको छ । पहिलो चरणमा २३ जनालाई उपचारमा लैजाने तयारी गरिएको भए पनि अन्तिममा सात जनाले अस्पताल जान अस्वीकार गरेका छन्”, उनले भने, “शल्यक्रियालगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिबार बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई बनेपा पु-याइएको छ । बाँकी रहनुभएकालाई पनि केही दिनभित्रै बनेपा ल्याएर उपचार गराइनेछ ।”

    पाठेघर खसेका कारण समस्यामा परेका महिलाको पहिचान गर्दै निःशुल्क उपचारको व्यवस्थाका लागि नगरपालिकाले तीन महिनायता प्रत्येक वडामा ‘स्क्रीनिङ’ गरिरहेको छ । नगर प्रमुख भट्टराई, उपप्रमुख विशन राई, नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्य लगायतको टोली पनि बनेपा गएका छन् । 

    दोस्रो चरणमा यही मङ्सिर–५ गते बाँकी सबै बिरामीलाई निःशुल्क उपचारमा लैजाने तयारी गरिएको उपप्रमुख राईले जानकारी दिएका छन् । हालसम्मको स्क्रीनिङका क्रममा पहिचान गरिएको ५३ जनाले उपचारमा जानका लागि नगरपालिकामा सम्पर्क गरेका छन् । 

    पहिलो र दोस्रो तहको पाठेघर खसेका महिलाको शरीरमा भने स्वास्थ्यचौकीमै ‘रिङ प्रेसरी’ राखिएको छ । शिर मेमोरियल अस्पताल र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँगको सहकार्यमा नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाएको हो । 

    पाठेघर खस्ने समस्यालाई महिलाले लाज र सरम मानेर लुकाउने गरेको पाइएको छ । समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ । 

    गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखिएको सामाजिक अभियन्ताले बताएका छन् । पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले पाठेघर खसेका महिलालाई सुविधायुक्त अस्पताल लगेर निःशुल्क उपचार गराउन थालेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट