Sep 08 2024 | २०८१, भदौ २३ गते

तिहारमा २४ करोड फूलको कारोबार

तिहारमा २४ करोड फूलको कारोबार

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ८ २०८०
  • तिहारमा २४ करोड फूलको कारोबार

    काठमाडौँ । यो वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडको कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । 

    images
    images

    यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।  

    अध्यक्ष तामाङले भने, “गत वर्षको तिहारमा रु एक सयमा फूलको माला बिक्री भएको थियो भने यस वर्ष सरदर रु ६५ मा उपभोक्ताले फूल खरिद गरेका थिए, कारोबार कम हुनुको मुख्य कारण नै फूलको मूल्य कमी हुनु हो ।” 

    यो वर्षको तिहारमा रु ३१ करोड २८ लाख मूल्य बराबरको फूलको कारोबार हुने अनुमान रहे पनि झन्डै रु सात करोड कम कारोबार भएको छ । यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशत मात्रै नेपालमै उत्पादन भएको फूल प्रयोग भएका कारण नेपाली उत्पादनले राम्रो बजार नपाएको अध्यक्ष तामाङको भनाइ छ । 

    भारतबाट ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उनको भनाइ छ । यो वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको बताइएको छ । 

    पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । 

    यो वर्ष रु एक लाख मखमली फूलको माला विदेश निर्यात भएको छ । यसरी माला निर्यात हुने देशहरूमा अष्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट