images

Jul 27 2024 | २०८१, साउन १२ गते

सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय रुपैयाँ पुग्यो

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर १२ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर १२ २०८०
  • सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय रुपैयाँ पुग्यो

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको हो ।

    images

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार