images

Jun 27 2024 | २०८१, असार १३ गते

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर १८ २०८०
  • मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

    काठमाडौँ । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

    images
    images

    यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड प्रतियोगिता, द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । 

    द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले दैलेखको आठबिसकोट नगरपालिकाको राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म दुई सय ४८ किलोमिटर राफ्ट दौड गर्न लागिएको जानकारी दिए । उनले द ग्रेट कर्णाली क्वेस्ट दौडले कर्णालीको पहिचान, आर्थिक र पर्यटन विकासलाई समेत जोड्ने उल्लेख गरे । नाराका अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडले सहयोगमा पुग्ने विश्वास व्यक्त गरे । 

    प्रतियोगितामा १६ टोली दर्ताका लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरिएको छ । प्रतियोगितामा हालसम्म छ वटा अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको आयोजकले जनाएको छ । यसअघि नोभेम्बर २३ देखि २८ का लागि तय गरिएको ‘द ग्रेट कर्णाली क्वेस्ट’ जाजरकोट भूकम्पका कारण स्थगन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार