Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २० २०८०
  • प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । साताको चौंथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको हो ।

    images
    images

    महासंघका अनुसार केहीदिन यता लगातार रुपमा बढेको सुनको मूल्य दुई दिनमा भने ३२ सय रुपैयाँले घटेको छ ।

    यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

    यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि मंसिर १८ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ निर्धारण भएको थियो ।

    बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १४ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट