Sep 08 2024 | २०८१, भदौ २३ गते

यू-१९ एसिया कप क्रिकेट : भारतविरुद्ध ५२ रनमै नेपाल अलआउट

यू-१९ एसिया कप क्रिकेट : भारतविरुद्ध ५२ रनमै नेपाल अलआउट

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
  • यू-१९ एसिया कप क्रिकेट : भारतविरुद्ध ५२ रनमै नेपाल अलआउट

    काठमाडौँ । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ । दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो ।

    images
    images

    नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।

    नेपाललाई अल आउट गर्ने क्रममा भारतका राज लिम्बानीले ७ विकेट लिए । प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट