Jan 03 2025 | २०८१, पुस १९ गते

images
images

भारतसँगको हारसँगै नेपालको एसिया कप यात्रा टुंगियो

भारतसँगको हारसँगै नेपालको एसिया कप यात्रा टुंगियो

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
  • भारतसँगको हारसँगै नेपालको एसिया कप यात्रा टुंगियो

    काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले फराकिलो हार व्यहोरेको छ । यूएईमा भएको खेलमा नेपाल भारतीय युवा टोलीसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको हो ।

    images
    images
    images

    ५३ रनको सामान्य लक्ष्य पाएको भारतले ७.१ ओभरमा विना क्षति लक्ष्य पूरा गरेको हो । नेपाल १० विकेटले पराजित भयो । भारतका ओपनर आर्सिन कुलकर्नी र आदर्श सिंहले नटआउट रहँदै टिमलाई जिताए ।

    यो जितसँगै यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनल पुगेका छन् । नेपाल भने जितविहीन रहँदै घर फर्किएको छ । विश्वकप अगाडि भएको यो प्रतियोगिता नेपालका लागि एक अवसर थियो । तर, सबै खेलमा पराजित हुँदै नेपाली युवा टोली घर फर्किएको हो ।

    यसअघि दुबईको आईसीसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा नेपाल २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाउँदै अलआउट भयो । भारतविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए । ५३ रनको झिनो लक्ष्य पाएको भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार