Sep 08 2024 | २०८१, भदौ २३ गते

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २७ २०८०
  • आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images
    images

    यसैगरी, तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार तीन सय, तेजाबी सुनको मूल्य १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार १८ मंसिरयता सुन प्रतितोला ५ हजार ६ रुपैयाँ घटेको छ । 

    १८ मंसिरमा छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको मूल्य बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट