images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

साताको सुन बजारः बढ्यो मूल्य

साताको सुन बजारः बढ्यो मूल्य

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २९ २०८०
  • साताको सुन बजारः बढ्यो मूल्य

    काठमाडौँ । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम रु एक हजार तीन सय ७० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु एक लाख सात सय ४० मा कारोबार भएको थियो । शुक्रबार रु एक लाख दुई हजार एक सय दसमा उक्त सुन कारोबार भएको छ ।

    images
    images
    images

    नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढ्यो । स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीबारदेखि  पुनः बढेको थियो ।

    महासङ्घका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्वन्द्वले थप असर पारेको बिश्लेषकहरूले बताएका छन् । उनीहरूले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलनसमेत गरेको महासङ्घले उल्लेख गरेको छ ।

    यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार रु एक हजार दुई  सय २२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम रु एक हजार दुई सय ६० कायम भएको  महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट