Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

कोशीमा राप्रपालाई  सभामुख दिन सत्तागठबन्धन तयार

कोशीमा राप्रपालाई  सभामुख दिन सत्तागठबन्धन तयार

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ३ २०८०
  • कोशीमा राप्रपालाई  सभामुख दिन सत्तागठबन्धन तयार

    काठमाडौँ । कोशीमा पाँच महिनादेखि रिक्त सभामुख पद राप्रपालाई दिन सत्तागठबन्धन तयार भएको छ । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारलाई टिकाइराख्न प्रदेश सभामा ६ सिट रहेको राप्रपा निर्णायक देखिएपछि सभामुख दिन सत्तागठबन्धन तयार भएको हो ।

    images
    images
    images

    गठबन्धनका नेताहरू अहिले राप्रपाका नेतृत्वसँग निरन्तर छलफलमा छन् । यसै साता सभामुख चयन प्रक्रिया सुरु गर्ने गरी राप्रपालाई गठबन्धनमा भित्र्याउने तयारी भइरहेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए । ‘गठबन्धन दल सभामुख राप्रपालाई दिने तयारीमा छौँ । हामीले आन्तरिक रूपमा टुंग्याएका छौँ,’ थापाले भने, ‘केन्द्रमा शीर्ष नेताहरूले पनि छलफल गरिरहनुभएको छ । अब चाँडै टुंगिन्छ ।’ राप्रपाले सभामुख लिए मध्यावधिको खतरा टर्ने र प्रदेश सरकारले स्थिरता पाउने थापाले बताए ।

    १६ साउनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । ४७ सिट रहेको कांग्रेस–माओवादी–जसपा–एकीकृत समाजवादी गठबन्धनले आफ्ना सांसद सभामुख बनाउने हो भने कोशीमा मध्यावधिको खतरा रहिरहन्छ । किनकि ४० सिट रहेको एमालेले जुनसुकै वेला सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने र अहिलेकै अवस्थामा राप्रपाले नसघाए प्रदेश मध्यावधिमा जान सक्ने जोखिम रहन्छ । राप्रपा गठबन्धनमा आए एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार ढल्ने अवस्था रहँदैन । प्रदेश सभामा ९३ सिट छ ।

    राप्रपा कोशीमा सभामुख पद लिन तयार छ । तर, उसले सर्वसम्मतको सर्त अघि सारेको छ । राप्रपाका सांसदलाई सर्वसम्मत सभामुख बनाउनका लागि गठबन्धन र एमाले दुवैसँग छलफल भइरहेको राप्रपा कोशीका संसदीय दलका नेता भक्ति सिटौलाले बताए । ‘सभामुखका लागि हामी छलफलमा छौँ । एमालेसँग पनि छलफल गर्दै छौँ । सर्वसम्मत भयो भने हामी सभामुख सम्हाल्छौँ,’ उनले भने, ‘सभामुखजस्तो सम्मानित पदमा विवाद नगरौँ भन्ने हाम्रो प्रस्ताव हो ।’ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा सभामुख चयनका लागि कार्यसूची सार्वजनिक भएपछि छलफल गरिने बताए । काठमाडौंमा जारी राप्रपाको केन्द्रीय समिति बैठकमा पनि लिङ्देनले कोशीमा सभामुख लिएर केन्द्रमा सत्ता साझेदारी गर्न सकिने बताएका थिए ।

    कोशीको प्रदेश सभा बैठकमा सांसदहरूले सभामुख चयन प्रक्रिया थाल्न दबाब दिँदै आएका छन् । प्रदेश सभा बैठक बुधबार बस्दै छ । प्रदेश सभा र कार्यव्यवस्था परामर्श समितिले सभामुख चयनको विषय टुंगो लगाएपछि जुनसुकै वेला पनि प्रक्रिया थालिने प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले बताए । ‘सभामुख चयन सर्वसम्मत कि चुनावबाट गर्ने र कहिले गर्ने भन्ने टुंगो लगाएपछि मात्र चयन प्रक्रिया सुरु हुन्छ,’ उनले भने, ‘जहिले भए पनि प्रदेश सभा सचिवालय तयार छ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार