Sep 08 2024 | २०८१, भदौ २३ गते

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस पुग्यो

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस पुग्यो

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ४ २०८०
  • चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस पुग्यो

    काठमाडौँ । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ ।

    images
    images

    चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ ।

    भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।

    बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् ।

    चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो । 

    भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट