Sep 08 2024 | २०८१, भदौ २३ गते

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त

गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ५ २०८०
  • गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट, यूनिसेफद्वारा चिन्ता व्यक्त

    काठमाडाैँ । गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।

    images
    images

    संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् । 

    “पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो”, युनिसेफकी कार्यकारी निर्देशक रसेलले भने, “गाजाका बालबालिकाले ‘थोपा थोपा’ मात्र स्वच्छ पानी पिउन पाएका छन् । यसका कारण बालबालिका र उनीहरूका परिवारले असुरक्षित स्रोतहरूको पानी प्रयोग गरिरहेका छन् जुन अत्यधिक प्रदूषित छ । सुरक्षित पानीको अभावमा आगामी दिनमा अझ धेरै बालबालिका अभाव र रोगका कारण मर्नेछन् ।”

    करिब १० हप्ताभन्दा बढी समयदेखि निरन्तर बमबारी भइरहेको घटनापछि मानवीय सतर्कता अपनाइएको हो । गाजा पट्टीको पानी उत्पादन, उपचार र वितरण सञ्जाललाई ठूलो असर पार्ने बमबारीबाट बच्नका लागि १४ लाखभन्दा बढी विस्थापित गाजावासीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएद्वारा सञ्चालित सुविधाहरूमा वा नजिकै आश्रय लिएका छन् ।

    युनिसेफका अनुसार दक्षिणी राफा प्रान्तमा हालै विस्थापित बालबालिकासँग दैनिक डेढदेखि दुई लिटर मात्र पानी छ र स्वच्छ खानेपानीको सेवा ‘अवरूद्ध अवस्थामा’ छ । 

    संयुक्त राष्ट्रसङ्घीय निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बाँच्नका लागि मात्र दैनिक न्यूनतम तीन लिटर पानी आवश्यक पर्छ ।    पिउने पानीको अभावका कारण लाखौं विस्थापित भएका र तीमध्ये आधा बालबालिका पनि खाद्यान्न, आवास, औषधि र सुरक्षाको खाँचोमा छन् ।”

    युनिसेफले बालबालिकामा झाडापखाला, रोग र कुपोषणको जोखिम बढी हुने भएकोले यस अवस्थाको असर विशेष गरी चिन्ताजनक रहेको चेतावनी दिएसँगै गाजामा आधारभूत पानी र सरसफाइ सेवा प्रदान गर्ने कम्तीमा ५० प्रतिशतसरसफाईका सेवाहरू पनि क्षतिग्रस्त वा नष्ट भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट