Nov 25 2024 | २०८१, मंसिर १० गते

images

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
  • वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

    वीरगञ्ज । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । माइती नेपालले दुई सय ५७  महिला र तीन जना बालकलाई उद्धार गरेको हो । 

    images
    images
    images

    उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८  मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् ।

    वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार