images

May 17 2024 | २०८१, जेठ ४ गते

ललितकला र सिद्धार्थ फाउण्डेसनबीच सहकार्यको सहमति

ललितकला र सिद्धार्थ फाउण्डेसनबीच सहकार्यको सहमति

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ११ २०८०
  • ललितकला र सिद्धार्थ फाउण्डेसनबीच सहकार्यको सहमति

    काठमाडौँ । नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबीच सहकार्यको सहमति भएको छ । आज आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र फाउण्डेशनका अध्यक्ष सङ्गीता थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
     
    त्यस अवसरमा कुलपति हार्तम्छालीले कला क्षेत्रको विकास तथा विश्वभर प्रचारप्रसार गर्न सार्वजनिक–निजी साझेदारी अपनाउन आवश्यक भएको बताए । उनले भने, “विश्वमा हाम्रो कलालाई चिनाउन सरकारी तथा गैरसरकारी सङ्घ–सस्थासँगको सहकार्य आवश्यक छ ।”

    images
    images

    फाउण्डेसनका अध्यक्ष थापाले मौलिक कलालाई सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा परिचित गराउने तथा त्यसलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान यो सहकार्य गरिएको बताए ।
     
    चित्रकार सुजन चित्रकारले अन्तर्राष्ट्रिय कला महोत्सवका रुपमा ‘काठमाडौँ ट्रियनियल’ आयोजना गरेर  विश्व समकालीन कलाको लागि नेपालको प्रमुख अन्तर्राष्ट्रिय मञ्चका रुपमा काम गरिरहेको बताए । काठमाडौँ ट्रियनियल पाँचौ संस्करणसम्म आइपुग्दा नेपाली कलालाई विश्वबजारमा चिनाउन सहयोग पुगेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट