Sep 08 2024 | २०८१, भदौ २३ गते

सुदूरपश्चिमले कोशी प्रदेशलाई दियो ११९ रनको चुनौति 

सुदूरपश्चिमले कोशी प्रदेशलाई दियो ११९ रनको चुनौति 

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
  • सुदूरपश्चिमले कोशी प्रदेशलाई दियो ११९ रनको चुनौति 

    काठमाडौँ । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । 

    images
    images

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै एक सय १८ रनको योगफल बनायो । सुदुरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन । उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन् । त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन । 

    कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एक÷एक विकेट लिए । अहिले कोशी प्रदेश जवाफी ब्याटिङमा उत्रेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट