images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

सुदूरपश्चिम प्रदेशले दियाे कोशीलाई ८९ रनको चुनौती

सुदूरपश्चिम प्रदेशले दियाे कोशीलाई ८९ रनको चुनौती

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १६ २०८०
  • सुदूरपश्चिम प्रदेशले दियाे कोशीलाई ८९ रनको चुनौती
     
    काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ । 
     
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो । 
     
    सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । उनले २४ बलमा चार चौका प्रहार गरिन् । त्यस्तै इन्दु वर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुबी पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७/७ रन बनाए । 
     
    बलिङतर्फ सङ्गीता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सवनम राईले समान एक/एक विकेट लिए । कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

     

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार