Aug 11 2026 | २०८३, साउन २६ गते

सपनामा आफ्नै बिहे भएको देख्नुभयो, के फल मिल्छ?

सपनामा आफ्नै बिहे भएको देख्नुभयो, के फल मिल्छ?

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • सपनामा आफ्नै बिहे भएको देख्नुभयो, के फल मिल्छ?

    काठमाडौँ । हामी सबैले सुतेको समयमा सपना देख्ने गरेका छौँ । कुनै सपना रमाइलो र रोचक हुने गर्छ भने कुनै डरलाग्दो पनि हुने गर्दछ । कतिपय सपना बिउँझदा स्मरणमा रहँदैन भने कतिपय सपना केही दिनसम्म सम्झना दिइरहन्छ ।

    images

    वास्तुशास्त्र अनुसार दैनिक जीवनमा हामीले देख्ने कतिपय सपनालाई शुभ मानिन्छ भने कतिपयलाई अशुभ मानिन्छ । कतिपय सपनामा देखिएका कुरा विपनामा मिल्छ भने कतिपय विपरीत तथा असम्भव कुराहरू पनि देखिन्छ । आज हामी यस्तै सपनामध्ये आफ्नै विवाह भएको सपनाका बारेमा चर्चा गर्नेछौँ । ज्योतिषशास्त्रअनुसार सपनामा आफ्नै विवाह भएको देखियो भने त्यस्तो सपनालाई शुभ सङ्केत मानिँदैन । यस्तो सपना देख्दा व्यक्तिका काममा कुनै बाधा आउन सक्ने सङ्केत मिल्दछ ।

    कोही महिलाको विवाह हुँदै गरेको देख्यो भने त्यसलाई शुभ सङ्केत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे जीवनमा छिट्टै खुसी आउनेवाला छ भनेर बुझिन्छ । तर बेहुली रुँदै गरेको देखियो भने त्यसलाई अशुभ मानिन्छ ।

    कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देखेमा भने उसको विवाह छिट्टै हुन सक्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने सङ्केत बुझिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट