Aug 11 2026 | २०८३, साउन २६ गते

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो,सतर्कता अपनाउन मन्त्रालयकाे आग्रह

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो,सतर्कता अपनाउन मन्त्रालयकाे आग्रह

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो,सतर्कता अपनाउन मन्त्रालयकाे आग्रह

    काठमाडौँ । कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

    images

    कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

    कोभिड–१९ को संक्रमणका केसहरु सीमा नाकामा छिटपुट देखिरहेका छन् । ‘पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले भने । यद्यपि उनले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको बताए ।

    कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रिनिङ र निगरानी भइरहेको बताउँदै कोभिड—१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

    सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ ।

    कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने विज्ञ बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट