प्रदेश सभाका चार समितिका सभापतिद्वारा सपथग्रहण
प्रदेश सभाका चार समितिका सभापतिद्वारा सपथग्रहण
कैलाली । सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले पद तथा गोपनियताको शपथ ग्रहण समेत भएको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बीच चारैजना सभापतिलाई सफल गराएका हुन् ।
विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीमा माया पन्त निर्बिरोध निर्वाचित भएकी थिइन् ।
निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य हुन् ।
चार समितीमा चार जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि सबै निर्विरोध निर्वाचित भएका हुन् । उनीहरु सबैले आज शपथ ग्रहण गरेका हुन् ।