Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १ २०८०
  • प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

    काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९:१५ बजे सुरु हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच बिहान ९:१५ बजे सुरु हुने छ । आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अहिले बिहान ९:०० बजे सुरु हुने छ । 

    images
    images

    मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मधेसले शनिबार सम्पन्न खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ । 

    यसैगरी एपिएफ क्लब अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको थियो । कोशी प्रदेश भने पहिलो खेलमा मधेससित सात विकेटले हारेको थियो । 

    यस्तै लुम्बिनी प्रदेश अङ्क तालिकाको चौथो स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको थियो । सुदूरपीश्चम प्रदेश भने आज पहिलो खेल खेल्न लागेको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट