images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

कोशी प्रदेशद्वारा  नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती

कोशी प्रदेशद्वारा  नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ २ २०८०
  • कोशी प्रदेशद्वारा  नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती

    काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनायो ।

    images
    images
    images

    कोशीका लागि सुजन थपलियाले एक सय पाँच रनको योगदान गरे । उनले एक सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय पाँच रनको योगदान गरेका हुन् ।  

    यसैगरी, अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए । सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरे ।   पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई–दुई विकेट झारे । त्यसैगरी, राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक–एक विकेट लिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार