Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
  • खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का

    ललितपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् । 

    images
    images
    images

    ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार पार्नका लागि इमानदारी तथा जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

    “खेल क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी छ । आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उपप्रधानमन्त्री खड्काले भने, “तीनै तहको सरकार मिलेर खेलकुद पूर्वाधार निर्माण गर्नुपर्छ । यसका लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।” उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत् प्रतिस्पर्धामा लाग्न आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरे । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट