Dec 03 2024 | २०८१, मंसिर १८ गते

images

ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने

ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ ५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ ५ २०८०
  • ऊर्जा मन्त्रालयले हटलाइन सेवालाई थप प्रभावकारी बनाउने

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाबारे तपाईँसँग केही गुनासो छ ? तपाईँको आफ्नो क्षेत्रमा बिनासूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ भने तपाईँले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ ।

    images
    images
    images

    सेवाग्राहीका यस्तै वा अन्य कुनै पनि प्रकारका समस्या, गुनासो भएमा सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यसअघि नै स्थापित सो हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज हटलाइन सेवामा संलग्न मन्त्रालय र प्राधिकरणका कर्मचारीसँग छलफल गरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

    नागरिकले प्रत्यक्षरूपमा गुनासो गर्न सक्ने सो सेवालाई प्रभावकारी बनाउन के–कस्ता उपाय अवलम्बन गर्नुपर्छ त्यसका लागि मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

    सरकारी निकायले सकेसम्म सेवाग्राहीको गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले समस्या आए गुनासो गर्ने निकायका रूपमा रहेको प्रणालीलाई झनै व्यवस्थित बनाउनुपर्ने बताए । नागरिकले प्रत्यक्ष भोगेका र अनुभव गरेका गुनासो सुन्नेमात्रै नभई त्यसको समाधानका लागि हटलाइन सेवामा कार्यरत कर्मचारीले विशेष ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । “गुनासो आउनेबित्तिकै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुस् । समस्या समाधानका लागि जनशक्ति परिचालनको प्रबन्ध गराउन पहल गर्नुस् । नागरिकले प्रत्यक्षरूपमा सेवा सहज तवरले पाउनुपर्छ । कुनै पनि बहाना गर्न पाइँदैन र मिल्दैन”, ऊर्जामन्त्री बस्नेतले भने ।

    उनले गुनासो टिपाउनका लागि सहजरूपमा प्राधिकरणका सबै कार्यालय, वितरण केन्द्रमा सूचना पार्टी राख्न, यसअघि राखिएको भए त्यसलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए । “कतिपयले त गुनासो गर्ने माध्यम थाहा नपाएर पनि बसेका हुन्छन्, त्यस्तालाई सहज तवरले गुनासो गर्ने वातावरण बनाउनुपर्छ”, मन्त्री बस्नेतले भने । उनले जिल्लामा रहेका एफएम रेडियो वा अन्य सञ्चारमाध्यमबाट पनि प्रचार–प्रसार गरी सो सेवाका बारेमा जानकारी गराउन आवश्यक व्यवस्था मिलाइने बताए ।

    सरकारले पैसा नलाग्ने नम्बर यसअघि नै सञ्चालनमा ल्याएको थियो । सो हटलाइनमा दैनिक औसतमा चार दर्जन हाराहारीमा गुनासो आउने गरेको छ । गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिए ।

    समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उनले बताए । विशेषगरी लाइन काटिएको, भोल्टेज कम आएकोजस्ता गुनासो बढी आउने गरेको उनको भनाइ छ । हटलाइन सेवा हाल तीनवटै सत्रमा सञ्चालनमा छ । त्यसलाई थप व्यवस्थित बनाउन मन्त्रालयका तर्फबाट प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मन्त्री बस्नेतले बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट