images

Jun 01 2024 | २०८१, जेठ १९ गते

‘म्याककफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

‘म्याककफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ ७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ ७ २०८०
  • ‘म्याककफी उपहार धमाका २०८०’ अभियानका विजेताहरू घोषणा

    काठमाडौं । म्याककफीको आधिकारिक आयातकर्ता आक्र्स ग्रुपले आफ्ना बिक्रेता र ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘म्याककफी उपहार धमाका २०८०’को बिजेता छनोट गरेको छ । गत साउन महिनादेखि सञ्चालन भएको यो अभियान अन्तर्गत तीन जनाले मोटरसाइकल हात पारेका छन् । 

    images
    images

    शनिबार राजधानीमा आयोजित कार्यक्रममा लक्की ड्र मार्फत बिजेताको औपचारिक  घोषणा गरिएको हो । वरिष्ठ व्यावसायिक फोटोग्राफर राजभाई सुवालले लक्की ड्र सार्वजनिक गरेको उक्त कार्यक्रमको म्याककफीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।  

    मार्केटिंग डाइरेक्टर गोपालकृष्ण श्रेष्ठले म्याककफी उपहार धमाकामा अपेक्षा गरिएभन्दा बढी उपभोक्ता तथा विक्रेताले सहभागिता जनाएको बताए । “नेपाली बजारमा म्याककफीको लोकप्रियतालाई ध्यानमा राखी यसको बजार विस्तारमा जोड दिनका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं,” उनले भने, “अभियानमा सोचेभन्दा बढी ग्राहक वर्गको सहभागिता भएको छ र यसले भविष्यमा यस प्रकारका अन्य अभियानहरू पनि निरन्तर गर्नुपर्ने देखिएको छ ।” 

    श्रेष्ठका अनुसार तीनजनालाई मोटरसाइकल र थप एक सय जनालाई टर्किश रग विजेताको घोषणा गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट