Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीमाथि बागमती प्रदेशको सहज जित

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीमाथि बागमती प्रदेशको सहज जित

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
  • प्रधानमन्त्री कप क्रिकेट : कर्णालीमाथि बागमती प्रदेशको सहज जित

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सात विकेटको सजिलो जित हासिल गरेको छ । हालसम्म ६ खेल खेलेको बागमती प्रदेशको यो चौथो जित हो ।

    images
    images

    दुई खेलमा भने बागमती प्रदेश पराजित भएको छ । पाँच खेल खेलेको कर्णाली प्रदेशको भने यो तेस्रो हार हो । यसअघि दुई खेलमा कर्णाली प्रदेश विजयी भएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले २४.२ ओभरमै अलआउट हुनुअघि ७८ रनमात्र बनाउन सक्यो ।

    जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने १३ ओभरमै तीन विकेट गुमाएर ८० रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । बागमती प्रदेशको जितमा ओपनर इशान पाण्डेले ४० रनको योगदान गरे । उनले ३६ बलमा तीन छक्का र तीन चौका पनि हिर्काए । विकेटकिपर ब्याट्सम्यान रविन जोशीले अविजित १६ रन बनाए । अशोक पौडेलले अविजित ६ रन बनाए । कप्तान रित गौतम आठ रनमा पेभेलियन फर्किए भने ओपनर आशुतोष घिरैयाले नौ रन बटुलेका थिए ।

    कर्णाली प्रदेशका बलर दिवान पुन एक्लैले तीन विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशलाई सस्तोमा समेट्ने क्रममा बागमती प्रदेशका बलर रिजन ढकाल एक्लैले पाँच विकेट लिएका थिए । उनले सात ओभरमा एक मेडन राख्दै २५ रन खर्चिएका थिए । कृजन गुरुङले पनि दुई विकेट हात पारे । प्रतिश जीसी, सूर्य तामाङ र बिपिन आचार्यले एक–एक विकेट लिए । कर्णाली प्रदेशका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । तल्लोक्रमका ब्याट्सम्यान अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा भने १७ रन पाएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट