images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
  • कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

    कर्णाली । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र अन्य समूहतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय विजयी भएको सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिए । 

    images
    images
    images

    दलिततर्फका उम्मेदवार विकले तीन हजार आठ १७ मतभार प्राप्त गरे भने प्रत्यासी नेकपा (एमाले)का हिक्मत विकले एक हजार दुई सय ६७ मतभार पाए । महिलातर्फ एकीकृत समाजवादीका मल्लले तीन हजार सात सय २२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले)की बिमलाकुमारी शाहीले एक हजार तीन सय ६२ मतभार प्राप्त गरे। अन्य समूहतर्फबाट उम्मेदवार बनेका कांग्रेसका रोकायले तीन हजार आठ सय ७० मतभार प्राप्त गर्दा एमालेका भट्टले एक हजार दुई सय १४ मतभार प्राप्त गरे । 

    कर्णालीमा आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा ४० प्रदेशसभा सदस्य र एक सय ५६ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुले मतदान गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार