Sep 19 2024 | २०८१, असोज ३ गते

रवि लामिछानेका स्वकीय सचिव सिग्देलले छाडे साथ

रवि लामिछानेका स्वकीय सचिव सिग्देलले छाडे साथ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
  • रवि लामिछानेका स्वकीय सचिव सिग्देलले छाडे साथ

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले उनको सचिवालय छोडेका छन् ।​ रास्वपा स्थापनादेखि नै लामिछानेको सचिवालयमा रहेर काम गर्दै आएका सिग्देलले बिहीवारदेखि सचिवालय छोडेको घोषणा गरेका हुन् ।

    images
    images

    ‘केही समयका लागि पारिवारिक काममा व्यस्त रहने जानकारी गराउँदछु’, रविलाई छोडेपछि सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन् । ​ सिग्देलले आफ्नो फेसबूकको इन्ट्रोमा पनि ‘स्वकीय: निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने’ भन्ने व्यहोरा लेखेका छन् ।  सचिवालय छाड्नुको कारण भने उनले उल्लेख गरेका छैनन् ।

    तर रवि निकट स्रोतका अनुसार पारिवारिक कारण देखाउँदै सिग्देलले केही समय अघिदेखि नै सचिवालय छोड्ने तयारी गरेका थिए । ग्यालेक्सी टेलिभिजन खुल्दा सिग्देल चितवन संवाददाता थिए । पछि रास्वपा स्थापना भएलगत्तै सिग्देललाई रविले स्वकीय सचिव बनाएका थिए । प्रतिनिधिसभाको चुनाव र उपचुनावमा रवि चितवन २ बाटै निर्वाचित बनेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार