Sep 08 2024 | २०८१, भदौ २३ गते

विश्वकप क्रिकेट : अफगानिस्तानले पहिला ब्याटिङ गर्दै

विश्वकप क्रिकेट : अफगानिस्तानले पहिला ब्याटिङ गर्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ १२ २०८०
  • विश्वकप क्रिकेट : अफगानिस्तानले पहिला ब्याटिङ गर्दै

    काठमाडौँ । आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा भर्खरै भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलोपटक आमनेसामने हुन लागेका हुन् । 

    images
    images

    समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नैपर्ने दबाब रहेको हो ।

    समूह ‘डी’ को पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो । आजको खेलमा जित निकाले नेपाल सुपर सिक्समा पुग्नेछ । यता अफगानिस्तानले पनि नेपाललाई पराजित गरेमा सुपर सिक्समा पुग्नेछ ।

    अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो । 

    नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल (विकेटकिपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट