Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

लिङदेनप्रती रेखा थापाको कटाक्ष - देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाउनु

लिङदेनप्रती रेखा थापाको कटाक्ष - देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाउनु

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
  • लिङदेनप्रती रेखा थापाको कटाक्ष - देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाउनु

    काठमाडौँ । राप्रपा नेतृ तथा कलाकार रेखा थापाले आफ्नो अमेरिका बसाइलाई लिएर पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले गरेको टिप्पणीप्रति कडा शब्दमा जवाफ फर्काएकी छन् । लिङ्देनले शनिबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गर्दै देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।

    images
    images
    images

    उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो !अमेरिकामा किन राखेको ?’

    राप्रपा निकट स्रोतका अनुार अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि गएको निकट स्रोतले जनाएको छ ।

    रेखा गएको राप्रपाको केन्द्र्रीय महाधिवेशनमा अध्यक्ष लिङदेनको प्यानलबाट महामन्त्रीमा उठेकी थिईन् । तर, उनी कुन्ती शाहीसँग पराजित भइन् । हाल गर्भवती रहेकी रेखा अमेरिकामा रहेकी छन् । यता नेपालमा भने उनको अमेरिका बसाइलाई लिएर आलोचना हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार