Sep 19 2024 | २०८१, असोज ३ गते

एमालेले सुरु गर्‍यो गण्डकीका जिल्लामा अधिवेशन

एमालेले सुरु गर्‍यो गण्डकीका जिल्लामा अधिवेशन

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ १४ २०८०
  • एमालेले सुरु गर्‍यो गण्डकीका जिल्लामा अधिवेशन

    पोखरा ।  नेकपा एमालेले गण्डकी प्रदेश अन्तर्गतका जिल्लामा अधिवेसन सुरु गरेको छ । म्याग्दीको दशौं जिल्ला अधिवेसनबाट बालकृष्ण सुवेदी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।  बन्द सत्र अझै जारी छ ।

    images
    images

    आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पदाधिकारीमा भने सहमति नजुटेको एमालेले जनाएको छ ।  एमाले जिल्लामा ५ सदस्यीय पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा दुई पदका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका निर्वाचन समितिले जनाएको छ ।

    उपाध्यक्षमा प्रदेश कमिटीका निवर्तमान सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिकाका मेयर सुरत केसीले दावी पेस गरेका छन् थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् ।  उपसचिवमा रामप्रसाद सुवेदी, खड्ग गिरी, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत बिवश क्षेत्रीले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार