Sep 19 2024 | २०८१, असोज ३ गते

चार वटा संसदीय समितिको बैठक आज बस्दै, के के छन् छलफलका विषय ?

चार वटा संसदीय समितिको बैठक आज बस्दै, के के छन् छलफलका विषय ?

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
  • चार वटा संसदीय समितिको बैठक आज बस्दै, के के छन् छलफलका विषय ?

    काठमाडौँ। आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अहिले बिहान ८ बजेदेखि कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल भईरहेको संघीय संसद सचिवालयले जनाएको छ ।

    images
    images

    त्यस्तै अहिले बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरूसँग छलफल हुँदैछ।

    साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ ।

    दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालमा जनसङ्ख्याको हालको अवस्थाअनुसार जनसङ्ख्या नीतिमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार