Sep 19 2024 | २०८१, असोज ३ गते

राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धन दलको बालुवाटारमा बैठक

राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धन दलको बालुवाटारमा बैठक

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ १६ २०८०
  • राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धन दलको बालुवाटारमा बैठक

    राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न सत्ता गठबन्धन दलको बैठक शुरू भएको छ । मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो ।

    images
    images

    राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ६ प्रदेशमा कुनै तनाब नभए पनि कोशीमा भने माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन् । गठबन्धनले जित्ने मतभार भए पनि उनी पराजित भएपछि माओवादीले गठबन्धनको बैठकमा यस विषयमा समीक्षा गर्नुपर्ने बताउँदै आएको थियो ।  यसैले पनि प्रधानमन्त्रीले राष्ट्रिय सभा सदस्यको निर्वाचनको विषयलाई मुख्य एजेन्डा बनाएर बैठक आह्वान गरेको बालुवाटार स्रोतले जानकारी दियो । 

    माओवादीले मात्रै मात्रै होइन कांग्रेसभित्रै पनि कोशीमा भएको गठबन्धन विरोधी प्रयासको समीक्षा र छानबिन गर्नुपर्ने आवाज उठेको छ । १९ सदस्यमध्ये राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार भने विजयी भएका थिए । 

    माओवादीभित्र असन्तुष्टि देखिए पनि तत्काल सत्ता गठबन्धनमा कोशीको विषयले कुनै अप्ठ्यारो नआए पनि अविश्वास भने कायम भएको नेताहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार