images

Jul 27 2024 | २०८१, साउन १२ गते

अनिल साहको लगातार दोस्रो अर्धशतक

अनिल साहको लगातार दोस्रो अर्धशतक

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २९ २०८०
  • अनिल साहको लगातार दोस्रो अर्धशतक

    काठमाडौँ ।  प्रारम्भिक ब्याटर अनिल साहले लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्। क्यानडासँगको एकदिवसीय शृङ्खला अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साहले अर्धशतक प्रहार गरेका हुन्।

    images

    उनले यसअघि शनिबार कीर्तिमानी अर्धशतक प्रहार गरेका थिए। साहले सोमबार ५१ बलमा अर्धशतक बनाए। जसका लागि आठ चौका प्रहार गरे।

    यसअघि शनिबार भएको खेलमा १९ बलमा ५० रन बनाएका थिए। त्यो नेपाली खेलाडीले एकदिवसीय खेलमा बनाएको सबैभन्दा छिटो अर्धशतक हो।क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो शुरूआत गरेको छ। साहसँगै भीम सार्की क्रिजमा छन्। नेपालले १६ ओभरमा एक विकेट गुमाएर ८९ रन बनाएको छ। कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार