images

May 02 2024 | २०८१, वैशाख २० गते

इम्पेरियल वर्ल्ड स्कुलमा साहित्य महोत्सव 

इम्पेरियल वर्ल्ड स्कुलमा साहित्य महोत्सव 

एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, फागुन १५ २०८०
  • इम्पेरियल वर्ल्ड स्कुलमा साहित्य महोत्सव 

    काठमाडौँ  । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले गरेका हुन् ।

    images
    images

    साथै विद्यालयका बालबालिकाहरूले लेखेका नेपाली भाषाको कथा संग्रह परिवर्तनका आभाहरू नामक पुस्तक  र अङ्ग्रेजी भाषामा लेखिएको आई विल टेल यु अ स्टोरी पुस्तक विमोचन पनि गरिएको छ ।

    वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो अभिनय र गायन यात्राका सुरुवातका दिनहरूको स्मरण गर्दै बालबालिकालाई स्कुल पढ्दा देखि नै साहित्य, कलामा सिक्ने अवसर पाएको भन्दै सुवर्ण अवसरको सदुपयोग गर्न आग्रह गरे । उनले यस्तो महत्त्वपूर्ण महोत्सवले इम्पेरियल वर्ल्ड स्कुलका विद्यार्थीलाई सानो उमेर देखि नाटक, कथा, कविता लेखन, चित्रकला र नाटकमा अभिनय गर्न प्रेरित गर्ने  बताए ।

    स्कुलका संस्थापक अध्यक्ष कुमार कार्कीले आजका विद्यार्थी भोलि देशका कर्णधार हुन्, भन्ने नारालाई साकार पार्न विद्यार्थीको सिर्जना तथा सीपयुक्त क्षमतालाई प्रस्फुटन गराउनका लागि विद्यार्थीहरूका रचनालाई पुस्तकका रूपमा प्रकाशित र लोकार्पण गरिएको बताए ।

    त्यसैगरी स्कुलका प्रधानाध्यापक जुनीता शाही कार्कीले विद्यार्थीहरूलाई नेपाली /अङ्ग्रेजी दुवै भाषामा कथा, गीत, कविता लेखन, नाटकमा अभिनय तथा चित्र बनाउने कलाको विकासमा निखारता ल्याउन सहज होस भन्ने उद्देश्यले  महोत्सवको आयोजना गरिएको बताइन । उनले यस विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउन सहयोग होस भनेर हरेक वर्ष काठमाडौँ साहित्य महोत्सवको आयोजना गर्दै आएको जानकारी दिइन ।

    दुई दिन सम्म चल्न साहित्य महोत्सव फागुन १४ र १५ चल्ने छ भने  महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादन लगायतका विभिन्न क्षेत्रका २२ जना विज्ञले विद्यार्थीसँग सम्बन्धित विषयमा विशेष अन्तरक्रिया गर्ने र विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरूको प्रदर्शनी र नेपाली, अङ्ग्रेजी भाषामा नाटक मञ्चन समेत गरिने इम्पेरियल वर्ल्ड स्कुलले जनाएको छ ।

    साथै नेपाली कला संस्कृति झल्किने सामाग्रीहरू, गणित विषयमा प्रयोग गरिने विधिहरूका सामाग्रीहरूका साथै विद्यार्थीहरूले बनाएका विभिन्न चित्रहरू प्रदर्शन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट